नेभिगेसन मेनु

ऐतिहासिक चण्डी बजारको संरक्षण
सम्पादक:南亚网络电视
समय:2025-07-14 13:24


chandi bazaar

एस् ए टी भी ३० असार २०८२, काठमाडौंः भोजपुरको रामप्रसादराई गाउँपालिका–८ मा रहेको ‘चण्डी बजार’ संरक्षण गरिएको छ। किराँत संस्कृतिको ऐतिहासिक स्थलका रूपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो।

वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरूको आस्थाको केन्द्रका रूपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेर संरक्षण गरेको हो। ‘किराँत संस्कृतिको जगेर्ना गर्ने लक्ष्यले चण्डी बजारको संरक्षण गरेका छौं,’ वडाध्यक्ष राईले भने, ‘यो स्थानको संरक्षण नहुँदा स्थानीयलाई समस्या थियो। स्थानीयको मागलाई ध्यानमा राख्दै ऐतिहासिक र सांस्कृतिक स्थलको संरक्षण गरेका हौं।’

यो स्थानमा किराँत राईहरूले वर्षमा उद्यौली र उभौलीमा पूजाआजा गर्ने स्थानीयवासी दलबहादुर राईले बताए। यहाँको किराँत साकेन्वा चोकमा किराँत संस्कृतिको उजागर हुने गरी संरचना निर्माणले संस्कृतिको जगेर्नामा टेवा पुगेको उनको भनाइ छ। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर