नेभिगेसन मेनु

भक्तपुरमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउँछौ : प्रधानमन्त्री ओली
सम्पादक:南亚网络电视
समय:2025-07-11 12:46

 

 

 oli-nsc-1752149255

 
 

एस् ए टी भी २७ असार, काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताएका छन्।

बिहीबार ललितपुरमा नेसनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याबको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

ओलीले नेपालमा अहिले भएका रंगशालाहरू साना भएको र अब बन्ने रंगशाला ५० हजार दर्शक क्षमता भन्दामाथिका हुने दाबी गरे।

भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेको उनको भनाइ छ। 

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा रंगशालाहरू अब साना भए। अब हामी ठूला रंगशाला बनाउँछौँ। मैले सोचेको छु, सूर्यविनायक उतापटी जगाती। त्यस ठाउँमा हामीले रंगशाला बनाउंँन सक्छौँ। पर्याप्त दर्शक अट्ने खालको रंगशाला बनाउन सक्छौँ। त्यो ठाउँ मैले हेरिरहेको छु। झापामा पूर्वाञ्चलका लागि पनि गहना हुने खाल         को रंगशाला बनाउँदैछौँ। न्यूनतम २५ हजार नभए ५० हजार अट्ने रंगशाला बनाउँछौँ । १५ हजारले हेर्ने खालको रंगशाला होइन कम्तिमा ५० हजारले हेर्ने रंगशाला भन्दा सानो अब हुँदैन।’

प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमणमा जाँदा रियल म्याड्रिड क्लबको रंगशाला अवलोकन गरेको र त्यहाँका खेलाडीहरूलाई आफूले नेपालको खेल क्षेत्रको सहयोगका लागि आउन आग्रह गरेको बताए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर