नेभिगेसन मेनु

पीएनजिद्वारा नेपाललाइ ९६ रनकाे लक्ष्य , सन्दिपले लिए पाँच विकेट
सम्पादक:南亚网络电视
समय:2023-03-13 15:20

sandeep-lamichhane_2TL58HJpLh

काठमाडौं : सन्दीप लामिछानेको पाँच विकेटप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम त्रिदेशीय एकदिवसीय शृंखलामा पीएनजीलाई ९५ रनमा अलआउट गरेको छ। नेपालका लागि सशक्त बलिङ गरेका सन्दीपले १० ओभरमा २५ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिए।

टस जितेर फिल्डिङ थालेको नेपालले ३२औं ओभरमा पीएनजीको पूरै टिमलाई पभिलियन फर्काएपछि ९६ रनको झिनो लक्ष्य पाएको छ।

नेपालका लागि ललित राजवंशीले सात ओभरमा १३ रन खर्चेर एक मेडनसहित दुई विकेट लिए। त्यसै गरि , कुशल मल्लले तीन ओभरमा ६ रन खर्चेर एक मेडनसहित दुई विकेट लिए भने पाँच ओभरमा २२ रन खर्चिएका सोमपाल कामीले दुई मेडनसहित एक विकेट लिए।

पीएनजीका ओपनर किप्लिन डोरिगा दुई, हिरी हिरी १४ र सेसे बाउ १८ रन जोडेर पभिलियन फर्किए। यस्तै कप्तान आसाद भाला २०, चार्ल्स अमिनी १६ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

घरेलु मैदानमा लिग २ को अन्तिम शृंखला खेलिरहेको नेपाल आजको खेलमा जित निकाल्दै शीर्ष तीनमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ। नेपालले आज र बिहीबार हुने यूएईविरुद्धको खेलमा जित निकाले शीर्ष तीनमा रहँदै अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ।

आइतबार यूएईलाई एक सय ७७ रनले पराजित गर्दै नेपालले एकदिवसीयमा मान्यता आगामी चार वर्षका लागि जोगाइसकेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर