नेभिगेसन मेनु

पम्प ट्र्याकमा किशोरकिशोरी
सम्पादक:南亚网络电视
समय:2023-03-03 13:43

माउन्टेन बाइक चलाउन चाहनेहरूका लागि सिकाइ केन्द्र हो, ‘पम्प ट्र्याक’ । यसमा बिगिनरदेखि एड्भान्स लेभलका साइकलिस्टले पनि अभ्यास गर्न सक्छन् ।

काठमाडौँ — साइकलप्रेमी एञ्जिला महर्जन कजेलबाट घर फर्किनेबित्तिकै साइकल लिएर कुपण्डोलस्थित वाग्मती नदी किनारको ‘पम्प ट्र्याक’ पुग्छिन् । ललितपुर महानगरपालिकाले साइकल राइडरलाई प्रोत्साहित गर्नका लागि ‘साइकल लेन’

छुट्याइदिएपछि उत्साहित भएकी एञ्जिला ‘पम्प ट्र्याक’ खुलेपछि त झन् खुसीले दंग परेको बताउँछिन् ।

‘फुर्सदमा साइकल कुदाउँथेँ, माउन्टेन बाइक चलाउने सपना थियो,’ उनले भनिन्, ‘पम्प ट्र्याकले माउन्टेन बाइकको बाटो खोलिदियो । आफ्नै साइकलमा जिकज्याक चलाउन सिक्दै छु ।’ एक दिन माउन्टेन बाइक राइडर बन्ने लक्ष्य बनाएको उनले बताइन् । आजकल पम्प ट्र्याकमा साइकल कुदाउने काम एञ्जिलाको दैनिकीमा नै परेको छ ।  

त्यस्तै, ललितपुर महानगरपालिका–१ कुपण्डोलस्थित वाग्मती किनारमा खोलिएको ‘पम्प ट्र्याक’ मा भेटिए अनिश विश्वकर्मा । उनीसँग साइकल त छैन तर अरूले साइकल चलाएको हेर्दा नै सन्तुष्ट मान्ने अनिश पनि साइकलप्रेमी हुन् । ‘सुकुम्बासी बस्तीमा बस्छु, एसईईपछि ममीले साइकल किन्दिन्छु भन्नुभएको छ,’ कक्षा ९ मा अध्ययनरत अनिशले भने, ‘पम्प ट्र्याक आउँदा आउँदै साथी बन्नुभएकाहरूले बेलाबेला साइकल चलाउन दिनुहुन्छ, माउन्टेन बाइक चलाउन सक्ने भइसकें ।’ साइकल र वातावरणप्रेमीहरूका लागि पम्प ट्र्याकले ‘लर्निङ सेन्टर’ को काम गरेको समेत उनी बताउँछन् ।

 

पछिल्लो समय माउन्टेन बाइक/साइकलप्रेमीको गन्तव्य बनेको यो, ‘पम्प ट्र्याक’ । ‘हिमाली राइडर्स’ को समन्वय र ‘भेलोसोलुसन्स’ को सहकार्यमा ललितपुर महानगर–१ वडा कार्यालयले ‘पम्प ट्र्याक’ खेलको सुरुवात गरेको छ । भेलोसोलुसन्सले ‘पम्प फर पिस’ नारासहित विश्वभर साइकलिङ र ‘एक्सन स्पोर्ट्स’ लाई पहुँचयोग्य बनाउन अभियान थालेको छ । भेलो सोलुसन्सले एक दशकदेखि यस्तो ट्र्याक निर्माण गर्दै आइरहेको र हिमाली राइडर्सले पम्प ट्र्याकका लागि समन्वयको काम गरेको हिमाली राइडर्सकी वर्किङ टिम सदस्य अस्मिता राजवंशीले बताइन् । ‘यस्तो ट्र्याकले समाजलाई एकतामा बाँधेको र स्वस्थ तथा सक्रिय जीवन जिउन सहयोग गर्ने विश्वास लिइएका छौं,’ उनले भनिन्, ‘पम्प ट्र्याक माउन्टेन बाइक चलाउनेहरूका लागि सिकाइ केन्द्र हो । यसले बिगनर प्लेयर बनाउने काम गरेको छ ।’

हिमाली राइडर्स, भेलोसोलुसन्सले पम्प ट्र्याकलाई ‘ड्रिम पार्क’ को रुपमा लिएको र पहिलो चरणको सुरुवात मात्र गरेको राजवंशीले बताइन् । उक्त पम्प ट्र्याक निर्माणका लागि करिब ३० लाख रुपैयाँ खर्चिएको र ललितपुर महानगरपालिका–१ वडा कार्यालयले साइकलप्रेमीको प्रोत्साहनका लागि स्थान उपलब्ध गराएर ट्र्याक निर्माणस्थलमा रेलिङको समेत व्यवस्था गरेको वडाध्यक्ष निर्मल तण्डुकारले बताए । ‘हिमाली राइडर्स र भेलोसोलुसन्सका सदस्यहरू योजनाबद्ध रूपमा आउनुभयो, हामीले प्रोत्साहन गर्‍यौं, साइकलप्रेमी उत्साहित हुनुभएको छ,’ वडाध्यक्ष तण्डुकारले भने । साढे ६ वर्षदेखि माउन्टेन बाइकिङ गर्दै आएका अबिन कर्माचार्य आजकल फुर्सद हुनेबित्तिकै वाग्मती किनारमा पुग्छन् । पम्प ट्र्याकमा साइकल उडाउन पाउँदा उनी निकै खुशी छन् । ‘पम्प ट्र्याकले आफ्नो साइकलिङ स्किल थप बढाएको छ,’ उनले भने, ‘यो हाम्रो लागि नयाँ प्ल्याटफर्म हो । सबै खेलमा केही स्किल चाहिन्छ । माउन्टेन बाइकिङका लागि यो ट्र्याकमा प्रशिक्षण गर्न आवश्यक छ । यसले हामीलाई माउन्टेन बाइकिङ गर्न सजिलो हुन्छ,’ उनले भने ।

पम्प ट्र्याक विश्वमा छुट्टै खेलका रुपमा नै स्थापित भइरहेको उनी बताउँछन् । ‘यो खेलको वर्ल्ड च्याम्पियनसिप पनि हुन्छ । यो ट्र्याक खुल्नु निकै राम्रो हो,’ अबिनले भने, ‘बिगिनरदेखि एड्भान्स लेभलका साइकलिस्टले यो ट्र्याक चलाउन सक्छन् ।’ वाग्मती नदीको किनारमा नेपालमै पहिलोपटक ‘पम्प ट्र्याक’ संचालनमा आएको राजवंशीको दाबी छ । घुमाउरो र उतावचढावयुक्त ट्र्याकमा साइकल उडाएर यो खेल खेल्ने गरिन्छ । ट्र्याक निर्माण गर्दा साइलक मार्गको डिजाइन बांगोटिंगो, घुमाउरो र तलमाथि हुने गरी बनाइएको छ । गत कात्तिकबाट यो ट्र्याक सञ्चालनमा आएको हो ।

तस्बिरहरू : दीपक केसी, 

विशेषतः पछिल्लो समय साँझपख साइकलिस्टले भेट हुने स्थल पनि बनाएका छन् ‘पम्प ट्र्याक’ लाई । तर सिकारु पम्प ट्र्याक प्रयोगकर्ता (साइकलिस्ट) ले भने सुरक्षाको पाटोलाई त्यति ख्याल नगरेको पाइएको वडाध्यक्ष तण्डुकार बताउँछन् । ‘साइकलिस्टहरूले हेलमेट नलगाई साइकल कुदाएको पनि देखिन्छ,’ उनले भने । तर पम्प ट्र्याकलाई थप व्यवस्थित र सुविधायुक्त बनाउने र सुरक्षाका उपायहरू प्रयोगका लागि कडाइ गर्ने उनको भनाइ छ । पम्प ट्र्याकमा साइकल चलाउँदा हेलमेट र अन्य सुरक्षाकवज अनिवार्य लगाउनुपर्छ । ट्र्याकमा मोटरसाइकल, स्कुटर भने प्रयोग गर्न बन्देज छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर