नेभिगेसन मेनु

मच्छिन्द्र्ले उचाल्याे केपी ओली कप
सम्पादक:南亚网络电视
समय:2023-03-02 14:17

Bnm-98

 केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द फुटबल क्लबले जितेको छ । दशरथ रङ्गशालामा बुधबार साँझ भएको फाइनल खेलमा सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो ।

फाइनल खेलमा दुवै टोलीले दशरथ रङ्गशालाको प्यारापिटमा भरिभराउ दर्शकको साथ पाएका थिए । खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिए । त्यसपछि टाइब्रेकरमा मच्छिन्द्रले बाजी मारेको हो ।

मङ्गलबार दिउँसो मात्र भद्रपुर झापा गोल्डकपको फाइनलमा आर्मीसँग पराजित भएर राता रात काठमाडौं आइपुगेको मच्छिन्द्र टाइब्रेकरमा भाग्यमानी बनेको हो । निर्धारित समयमा मच्छिन्द्रले सुरुवाती अग्रता लिएको थियो । पाँचौं मिनेटमा विदेशी खेलाडी ओलावाले आफिजले हेड गोल गर्दै मच्छिन्द्रको उत्साह जगाउनुभएको थियो ।

तर, १८औं मिनेटमा सातदोवाटोका विदेशी खेलाडी जोर्डन ओवानाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा मच्छिन्द्रका रन्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गर्नुभयो । सातदोबाटोका निरज चौधरी, दिपेनराज सिंह र एकराज बुढाथोकीले गोल गर्नुभयो ।

अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले विफल पार्नुभएको थियो । उपाधिसँगै मच्छिन्द्रले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता सातदोबाटोले पाँच लाख रुपियाँ प्राप्त गरेको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालले पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली एफसी र ‘ए’ डिभिजनका सातगरी आठ टोलीको सहभागिता थियो । प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले प्राविधिक सहयोग गरेको थियो । 

प्रतियोगिताका विजेता टोली र खेलाडीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल, एन्फ अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायतले पुरस्कार प्रदान गर्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर