नेभिगेसन मेनु

आजकै दिन : तेन्दुलकरको दोहोरो शतक
सम्पादक:南亚网络电视
समय:2023-02-24 12:52

thumb (11)

काठमाडौँ — सन् २०१० मा आजकै दिन (फेब्रुअरी २४) मा भारतीय क्रिकेटर सचिन तेन्दुलकरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक बनाएका थिए ।

दक्षिण अफ्रिकाविरुद्ध ग्वालियरमा भएको खेलमा तेन्दुलकरले १४७ बल खेल्दै नटआउट २ सय रन बनाएका थिए । त्यसक्रममा उनले २५ चौका र ३ छक्का बनाएका थिए । उक्त खेलमा भारतले ५० ओभरमा ३ विकेट गुमाएर ४ सय १ रन बनाएको थियो ।

त्यसयता भने दुई महिलासहित १० खेलाडीले एकदिवसीय खेलमा दोहोरो शतक बनाएका छन् । उनीहरू रोहित शर्मा (तीनपटक), मार्टिन गुप्टिल, अमेलिया केर, बेलिन्दा क्लार्क, वीरेन्द्र सहवाग, क्रिस गेल, फखर जमान, इशन किशन, शुबम गिलले दोहोरो शतक बनाइसकेका छन् । एकदिवसीयमा दोहोरो शतक बनाउने सबैभन्दा धेरै खेलाडी भारतका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा रोहित शर्माले हालसम्मकै ठूलो व्यक्तिगत स्कोर बनाएका छन् । सन् २०१४ मा श्रीलंकाविरुद्धको खेलमा उनले २ सय ६४ रन बनाएका थिए । त्यसका लागि उनले कोलकातास्थित इडेन गार्डेन रंगशालामा १ सय ७३ बल खेलेका थिए । पहिलो दोहोरो शतक बनाउने महिला खेलाडी भने बेलिन्दा क्लार्क हुन् । सन् १९९७ मा डेनमार्कविरुद्धको खेलमा उनले नटआउट २ सय २९ रन बनाएकी थिइन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर