नेभिगेसन मेनु

नेपालले पायो २१३ रनको विजयी लक्ष्य
सम्पादक:南亚网络电视
समय:2023-02-21 15:14

1676962097_Untitled-1-1200x560

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज  स्कटल्याण्डविरुद्ध खेल जित्न नेपालले २१३ रन बनाउनु पर्ने भएको छ ।

आज यो श्रृखलाको अन्तिम खेलमा स्कटल्याडले  ४६ दशमलब १ ओभरमा सबै विकेट गुमाएर २१२ बनाएपछि घरेलु टोलीले खेल जित्न  २१३ रन बनाउनु पर्ने भएको हो ।  स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ५० बल खेल्दै ९ चौका र एक छक्काको मद्दतमा ६० रन हाने। त्यस्तै २३ बल खेलेका केल कोइटजरले चार चौकाको मद्दतमा २२ रन बनाए। ३० बल खेलेका क्रीस्टोफर म्याक ब्रीड्जले २२ रन बनाए। त्यस्तै म्याथेउ क्रस ६३ बल खेल्दै ४२ रन बनाएर रन आउट हुन पुगे। उनले चार चौका र एक छक्का प्रहार गरे। ब्रान्डन म्याक मुलेनले ३१ रन बनाए। उनले ४८ बल खेले।

कप्तान रिचि बेरिङ्टन डक आउट भए भने टोमस म्याकिन्तोसले एक रन बनाए। माइकल लिस्कले एक खाता खोल्न सकेनन्। क्रिस गृभेस सात रन बनाएर आउट भए। मार्क वाट र ८ रनमा आउट भए भने सफायन सारिफ ८ रनमा अविजित रहे। 

क्रितिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजे देखि शुरु भएको यो खेलमा  नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यस श्रृखलामा नेपालले चारै खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पहिला बलिङ गरेको खेलमा प्राय विजयी भएको पाईएको छ ।  

पाहुना टोली स्कटल्याण्डलाई  २१२ रनमा सिमित बनाउन नेपालका बलर सन्दीप लामिछानेले ४ , करन केसीले  ३, कुसल मल्ल र ललितराजबंशीलले एक एक  विकेट लिए ।

सोमपाल कामी र दिपेन्द्रसिंह एैरीले कुनै विकेट लिन सकेनन । सोमपाल कामीले किफायती बलिङ गर्दै  ७ ओभरमा  १ मेडन ओभर फाल्दै २३रन  दिए । सन्दीप लामिछानेले १० ओभरमा  ४५ रन खर्चेर ४ विकेट लिए । करन केसीेले ८ ओभर १ बलमा ४२ रन दिएर ३ विकेट लिए । त्यसैरी करनको बलिङमा दिपेन्द्रसिंह एैरीले एक जनालाई रन आउट गरे ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर