नेभिगेसन मेनु

तेक्वान्दोमा जमेका प्रनिश
सम्पादक:南亚网络电视
समय:2023-02-14 12:20

Pranish-gurung_rNW899MnsF

काठमाडौं : प्रनिश गुरुङले तेक्वान्दो खेल्न थालेको करिब डेढ दशक भइसकेको छ। २०६३ सालमा आठ वर्षको उमेरमा सीतापाइला तेक्वान्दो डोजाङमा ‘किक’ हान्न थालेका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई अब्बल सावित गर्दै आएका छन्। 

हालसालै चौथो डान ब्ल्याकबेल्ट परीक्षा उतीर्ण गरेका प्रनिशले २०६६ सालदेखि घरेलु प्रतियोगिताहरूमा सहभागिता जनाउन थालेका हुन्। उनले पहिलो सहभागितामै स्वर्ण पदक जितेर कुशल खेलाडीको परिचय दिएका थिए। २०६६ मा भएको पहिलो जिल्लास्तरीय प्रतियोगितामा उनले पहिलो स्थान हात पारेका थिए। यस्तै २०६८ मा दोस्रो काठमाडौं ब्वाइज युनियन तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक हात पारेका थिए। त्यसअघि सन् २०१४ मा काठमाडौं जिल्लास्तरीय जुनियर च्याम्पियनसिपमा पनि उनले पहिलो स्थान हात पारेका थिए। यस्तै २०६९ मा काठमाडौं जिल्लास्तरीय च्याम्पियनसिपमा प्रनिशले स्वर्ण पदक जितेका थिए। 

मेहनती र लगनशील प्रनिशले अन्य थुप्रै प्रतियोगितामा पनि पदक जितेका छन्। सगरमाथा न्यु बानेश्वर डोजाङले आयोजना गरेको दोस्रो उपत्यकाव्यापी प्रतियोगितामा उनले तेस्रो स्थान हात पारे। यसैगरी २०७२ मा भएको काठमाडौं जिल्लास्तरीय संकटा तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण, २०६८ मा भएको पहिलो काठमाडौं जिल्लास्तरीय जुनियर अन्तर विद्यालय च्याम्पियनसिपमा कांस्य, सन् २०१३ मा भएको इचंगुनारायण राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण, स्युचाटार राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य र कोटेश्वर तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जिते। यससँगै सातौं कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिप, डोर टु डोर च्याम्पियनसिप, मनमोहन अधिकारी स्मृति तेक्वान्दो च्याम्पियनसिपलगायतका प्रतियोगितामा पनि उनले विभिन्न पदक जित्न सफल भए। 

प्रनिशले घरेलु प्रतियोगितामा मात्रै होइन, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि आफूलाई प्रमाणित गर्दै आएका छन्। सन् २०१४ मा हङकङमा भएको हङकङ इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमार्फत पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका प्रनिशले मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत र अस्ट्रेलियाको गोल्डकोस्टमा भएको मोटो गोल्डकोस्ट ओपनमा स्वर्ण पदक जितेका छन्। गत फेब्रुअरी ५ देखि ८ सम्म संयुक्त अरब इमिरेट्सको फुजराहमा भएको फुजराह ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनी सहभागी भएका थिए। 

प्रनिश खेलकुदसँगै पढाइमा पनि अब्बल छन्। राइजिङ स्टार सेकेन्डरी स्कुलबाट एसईई उतीर्ण गरेका उनले युनाइटेड एकेडेमीबाट प्लसटु सकाएका थिए। हाल उनी क्वेस्ट इन्टरनेसनल कलेजमा अध्ययनरत छन्।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर