नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीया श्रृखला अन्तर्गत पपुवा न्युगिनीविरुद्ध मध्यम सुरुवात गरेको छ । क्रितिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती १०ओभरमा कुनै विकेट नगुमाई ४४ रन बनाएको छ । सुरुवाती पाँच ओभरमा नेपालको विना विकेट १७ रन थियो ।
नेपालका आसिफ शेख १ छक्क २ चौकासहित २६ रनमा क्रिजमा छन् । कुशल भुर्तेल २० रनमा क्रिजमा छन् । ओपनर आसिफ शेखले तेस्रो ओभरको चौथो बलमै ब्यक्तिगत पाँच रनमा जीवनदान पाए ।