नेभिगेसन मेनु

प्रिन्स र रसिला क्वार्टरफाइनलमा
सम्पादक:南亚网络电视
समय:2023-02-16 13:23

Rasila_VCa3a6iVGi

विराटनगर : नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन विराटनगरमा जारी १२औं पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।  

पुरुष एकलको खेलमा पुलिसकै जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै प्रिन्सले अन्तिम आठमा स्थान बनाएका हुन्। उनलेले आफ्नो समूहको तीन वटै खेलमा जित हासिल गरेका छन्। सोही समूहबाट कास्कीका विधान अधिकारी पनि क्वार्टरफाइनल पुगेका छन्। विधानले एक जित र एक वकओभर पाउँदै अन्तिम आठमा पुगेका हुन्। 

पुलिसका विष्णु कटुवालले पनि अन्तिम आठमा स्थान बनाए। उनले आर्मीका रुकेश महर्जनलाई १९–२१, २१–१६, २१–५ ले पराजित गरे। यस समूहबाट रुकेश महर्जनले पनि अन्तिम आठमा स्थान सुरक्षित गरे। यसैगरी एपीएफका क्षितिज खनाल र देवराज रानाले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। यस्तै आर्मीका प्रफुल महर्जन पुलिसका सुनिल जोशी अन्तिम आठमा पुगे। क्वार्टरफाइनलमा विष्णुले देवराज, प्रफुलले विधान, रुकेशले क्षितिज र सुनिलले प्रिन्ससँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन्।

महिलातर्फ रसिला र पुलिसकी नीता लम्सालसँगै आर्मीकी अमिता गिरी, एपीएफकी शोभा गौचन, आर्मीकी अनुमाया राई, एपीएफकी सुनयना मुखिया, एपीएफकी जेशिका गुरुङ र आर्मीकी प्रार्थना देउवाले पनि अन्तिम आठमा पुगे। 

बुधबार सम्पन्न खेलमा रसिलाले पुलिसकी नीतालाई २१–१४, २३–२१, आर्मीकी अमिता गिरीले एपीएफकी शोभा गौचनलाई १३–२१, २१–१५, २१–१५, आर्मीकै अनुमायाले एपीएफकी सुनयना मुखियालाई २१–१९, २१–७ र एपीएफकी जेशिका गुरुङले आर्मीकी प्रार्थना देउवालाई २१–१०, २२–२० ले पराजित गरे।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर