नेभिगेसन मेनु

क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला
सम्पादक:南亚网络电视
समय:2023-02-01 12:01

CAN_20230201083304

पोखरा: नेपाल क्रिकेट संघ (क्यान)को मंगलबार पोखरामा भएको बैठकले विश्व क्रिकेट लिग-२ अन्तर्गत काठमाडौंमा फेब्रुअरी १४ देखि २१ सम्म त्रिदेशीय शृंखला आयोजना गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा हुने त्यो शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियाको सामना गर्नेछ। उक्त शृंखलाका लागि नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई र व्यवस्थापकमा विनयी राजभण्डारीलाई जिम्मेवारी सुम्पिएको छ।

पोखरामा बसेको बैठकले विश्व क्रिकेट लिग-२ अन्तर्गत नै संयुक्त अरब इमिरेट्स(युएई) मा फेब्रुअरी २७ देखि मार्च ६ सम्म शृंखला खेल्नका लागि राष्ट्रिय खेलकुद परिषद्(राखेप) सँग स्विकृति माग्ने निर्णय गरेको क्यानको स्रोतले जानकारी दियो। यस शृंखलामा नेपालले युएई र पपुवा न्युगिनीसँग खेल्नेछ। त्यस्तै क्यानको बोर्ड बैठकले पूर्वकप्तान सन्दीप लामिछाने माथिको निलम्बन पनि फुकुवा गरेको छ।

राष्ट्रिय पुरुष तथा महिला खेलाडीको केन्द्रीय करार सम्झौताका लागि क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकको नेतृत्वमा रहेको दीपेन्द्र चौधरी र विनोद दास सम्मिलित तीन सदस्यीय समितिको सिफारिस अनुसार आगामी सन् २०२३ को जनवरीदेखि जुनसम्मका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीको करार गर्ने क्यान बैठकले निर्णय गरेको छ।

बोर्ड बैठकले मुख्य १७ वटा विषयमा छलफल गरेको थियो। गण्डकीका दुई जिल्ला संघलाई मान्यता दिने विषयमा समेत छलफल भएको छ। पर्वत र बागलुङ जिल्ला संघलाई मान्यता प्रदान गर्ने सम्बन्धमा छलफल गर्दै संघको मान्यता दिने निर्णय गरेको छ । यसअघि गण्डकी प्रदेशमा तनहुँ, कास्की, स्याङ्जा र नवलपुरले मात्रै संघको मान्यता पाएका थिए।

नेपालको यु-१९ टोलीको कप्तानमा देव खनाल र उपकप्तानमा गुल्सन झालाई चयन गर्ने क्यानको बोर्ड बैठकले निर्णय गरेको छ।

तीन सदस्यीय समितिको सिफारिस अनुसार सन् २०२३ को जनवरीदेखि जुनसम्मका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीको करार सम्झौता गर्ने क्यान बैठकले निर्णय गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर