नेभिगेसन मेनु

क्यान अध्यक्ष चन्दसहित पाँच जनाको राजीनामा माग्दै सात केन्द्रीय सदस्यले छाडे बैठक कक्ष
सम्पादक:南亚网络电视
समय:2023-01-31 17:46

can new1675155171

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक पोखरामा सुरु हुनुअघि सात जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित पाँच जनाको राजीनामा माग गरेका छन्। 

बैठकका लागि सबै बोर्ड सदस्यहरू हल प्रवेश गरेर अनौपचारिक छलफल हुँदै गर्दा केन्द्रीय सदस्य ऋषिराम गौतमले आफूहरुको धारणा राख्ने भन्दै राजीनामा माग गरेको पत्र पढेर सुनाएका थिए। 

लगत्तै गौतमले अध्यक्ष चन्दलाई राजीनामा माग गरिएको पत्र समेत बुझाएका थिए। 

सात केन्द्रीय सदस्यले राजीनामा माग गरिएको पत्र बुझाएर बैठक कक्षबाट बाहिरिएको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए। जसका कारण क्यानको बैठक बस्न ढिलाइ भएको छ। 

नेपाल टी-२० लिगको जिम्मा भारतीय कम्पनीलाई दिएर नेपाली क्रिकेटलाई बदनाम गरेको आरोपसहित कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवहाक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यद्वय दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनीहरूको माग छ। 

राजीनामा माग्ने केन्द्रीय सदस्यमा ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन्। 

पाँच जनाले राजीनामा दिए मात्र बैठकमा सहभागी हुने उनीहरूको भनाइ छ। 

नेपाल टी-२० लिगमा देखिएको विवादपछि पहिलोपटक क्यानको बोर्ड  बैठक बस्न लागेको हो। 

बोर्ड बैठकमा १६ वटा एजेन्डमा छलफल हुने कार्यसूची छ। 

यस्तै अप्रिलमा काठमाडौंमा हुने भनिएको एसिसी प्रिमियर कप, क्यानको वार्षिक साधारण सभा, कार्यसम्पादन समितिको निर्णय अनुमोदन, विशेष साधारणसभासहित जिल्लाको निर्वाचन, क्रिकेटरको २०२३ को वर्गीकरण, बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा र नेपाल टी-२० लिगसहितका एजेन्डा रहेका छन्। 

यसअघि गत आइतबार सात केन्द्रीय सदस्यले पत्रकार सम्मेलान आयोजना गर्दै राजीनामा मागेका थिए। 

‘एउटा जिम्मेवार संस्थाको जिम्मेवार पदाधिकारीले गल्ती स्वीकार गरेर मात्र पुग्दैन। उहाँले त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पान समिति यसको भागिदार हुनुपर्छ। कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्त मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,’ उनीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो। 

राजीनामा गरेर नेपाल टी-२० लिगका दौरान भएका गल्तीको छानविन गर्न सघाउनु ‍पर्ने उनीहरुको भनाइ छ। 

‘पदाधिकारीको गल्तीको भागीदार नेपाल क्रिकेट संघ हुन सक्दैन। त्यसैले हामी नेपाल क्रिकेट संघलाई होइन कार्यसम्पादन रहेका पाँच जनालाई निलम्बन गरी कारबाहीको माग गर्छौं। स्पट फिक्सिङ जस्तो गम्भीर अपराध हुँन दिनको लागि बाटो खोल्दिने कार्यसम्पादन समितिका सदस्यलाई पनि कारबाही हुनु पर्छ,’ उनीहरुको भनाइ छ, ‘यस्तै नेपाल टी-२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्त मल्ल, सदस्यहरु दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन पनि दोषी भएको हाम्रो ठम्याइ छ। त्यसैले गभर्निङ काउन्सिल पनि कारबाहीको दायारामा आउनु पर्छ।’

गत पुस ९ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङ भएको र गैरकानुनी काम भएको सार्वजनिक भएको थियो।

क्यानले नेपाल टी-२० लिगका लागि स्ट्राटेजिक एन्ड कमर्सियल पार्टनर एन्ड एड्भाइजर राइट्स (रणनैतिक र व्यावसायिक साझेदार र सल्लाहकार अधिकार) रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेका थियो।

सो सम्झौताको विषयमा सुरूवातदेखि नै प्रश्न उठाएको र भारतीय कम्पनीको पृष्ठभूमी शंकास्पद देखिएको तथा सम्झौता गर्नुअघि ग्लोबल टेन्डरमार्फत् गर्नु पर्नेमा माग गरेको उनीहरुको धारणा छ। लिगको विषयमा पटक-पटक नोट अफ डिसेन्ट समेत  उनीहरुको भनाइ छ।

‘उक्त सम्झौता खेलकुद विकास ऐन २०७७ विपरित भएको हामीले क्यान नेतृत्वलाई बारम्बार सचेत गराएका थियौं। आज आएर राष्ट्रिय खेलकुद परिषदको कार्यदलले सम्झौता ऐन विपरित भएको ठहर गरिसकेको छ,’ उनीहरूको भनाइ छ, ‘तर बहुमतको आधारमा भारतीय कम्पनीसँगको सम्झौता बोर्ड बैठक तथा साधारणसभाबाट अनुमोदन गरियो। हामीले गलत कार्यको निरन्तर औपचारिक मञ्चमा पनि विरोध गर्‍यौं। भारतीय कम्पनीको शंकास्पद पृष्ठभूमी र उसको नियतमाथि हामीले जुन आशंका थियौं, आज दु:खका साथ भन्न पर्छ हाम्रो आशंका सहि साबित भएको छ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर