नेभिगेसन मेनु

सिटीको पुनरागमन जित
सम्पादक:南亚网络电视
समय:2023-01-20 14:36

haland1674177972

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा सिटीले टोटेनहमलाई ४-२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सिटीले दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको ४४ औं मिनेटमा डेजन कुलुसेभास्कीले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा इमर्सन रोयलले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनाए ।

तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो ।

Image

खेलको ५१ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई २-१ को स्थितिमा ल्याए  ।

५३ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गरेपछि सिटीले खेल २-२ को बराबरी गर्यो ।

खेलको ६० औं मिनेटमा रियाद महरेजले गोल गरेपछि सिटी ३-२ ले अघि रह्यो ।

त्यसपछि खेलको ९० औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-२ को जित दिलाए ।

Image

यस जितसँगै सिटीले १९ खेलमा ४२ अंक जोडेको छ  ।

सिटी दोस्रो स्थानमा रहेको छ  ।

टोटेनहम ३३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ  ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर