नेभिगेसन मेनु

तेस्रो स्थानको लागि नेपालले श्रीलंकासँग खेल्दै
सम्पादक:南亚网络电视
समय:2022-12-26 14:10

Nepal-u23-Volleyball-1-1024x683

बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको तेस्रो स्थानको लागि नेपालले आज ९सोमबार० श्रीलंकासँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा शुरु भइसकेको छ । राउन्ड रोविन लिग र सेमिफाइनलसम्म पनि जितविहीन रहेको नेपाल च्याम्पियनसिपमा पहिलो जित निकाल्दै तेस्रो हुने लक्ष्यमा कोर्टमा उत्रनेछ । तर तुलनात्मक रुपमा बलियो रहेको श्रीलंकालाई हराउन नेपालले सानदार प्रदर्शन गर्नुपर्ने हुन्छ ।

नेपालले राउन्ड रोविनको खेलमा पनि श्रीलंकालाई ३–० को सोझो सेटमा नतिजा सुम्पिएको थियो । उक्त हारको बदला लिने सोचमा नेपाल रहनेछ । यस खेलमा पनि पराजित भए नेपाल च्याम्पियनसिपमा जितिविहीन हुनेछ ।

टोलीसँग कप्तान धिरोज कुमार बस्नेत, सफल विक, रवि केसी, हेमन्त मल्ल, सम्राट भण्डारी, मनिष मानन्धर, सन्तोष महता, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुरौं, विष्णु बस्नेत, वेद प्रकाश जोशी, गौरव पाण्डे र भीमराज गुरुङ रहेका छन् ।

यता, श्रीलंका पनि नेपाललाई हराएर तेस्रो हुने लक्ष्यमा छ ।

सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदा श्रीलंकाले किर्गिस्तानसँग पराजित भएको थियो । आज नै उपाधिका लागि घरेलु टोली बंगलादेश र किर्गिस्तानबीच हुनेछ । ७ पुसबाट शुरु भएको च्याम्पियनसिपमा चार टोलीको सहभागिता रहेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर