नेभिगेसन मेनु

प्रशिक्षक डेसच्याम्प्स २०२६ सम्म फ्रान्समै रहने
सम्पादक:南亚网络电视
समय:2023-01-08 12:52

kasdfm1673150459

काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले आफ्नो सम्झौता सन् २०२६ जुनसम्मका लागि नवीकरण गरेका छन् । योसँगै डेसच्याम्प्स चौथोपटक विश्वकपमा फ्रान्सको प्रशिक्षकका रूपमा रहने अपेक्षा गरिएको छ ।

डेसच्याम्प्सको प्रशिक्षणमा फ्रान्सले २०१८ को विश्वकप उपाधि जितेको थियो । कतारमा सम्पन्न २०२२ को फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

५४ वर्षीय चेल्सीका पूर्वमिडफिल्डर डेसच्याम्प्सले २०१२ मा फ्रान्सको जिम्मेवारी सम्हालेका थिए । फ्रान्स २०१४ को विश्वकपमा पनि क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । २०१६ मा युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

डेसच्याम्प्सको प्रशिक्षणमा फ्रान्सले १३९ मध्ये ८९ जित, २८ बराबरी र २२ खेल हारेको छ ।

फ्रान्स फुटबल महासंघले सहायक प्रशिक्षक गाइ स्टेफान, गोलकिपिङ प्रशिक्षक फ्रान्क राभियोट र फिजिकल ट्रेनर सिरिल मोइन पनि राष्ट्रिय टोलीमै रहने जनाएको छ ।

सन् १९९८ मा खेलाडीका रूपमा विश्वकप जितेका डेसच्याम्प्सले फ्रान्सलाई २०२१ मा नेसन्स लिगको उपाधि पनि जिताएका थिए । डेसच्याम्प्सले पछिल्लोपटक २०१९ डिसेम्बरमा विश्वकपसम्मका लागि सम्झौता नवीकरण गरेका थिए ।

उनी अब जर्मनीमा हुने युरो २०२४ का लागि फ्रान्सको टिम छनोट अभियानमा लाग्नेछन् । त्यसपछि २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको छनोटमा ध्यानकेन्द्रित हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर