नेभिगेसन मेनु

ब्राइटनसँग हार्‍यो लिभरपुल
सम्पादक:南亚网络电视
समय:2023-01-15 13:25

solly-march_DSaZvD7GRi

प्रिमियर लिग फुटबलमा ब्रइटनले लिभरपुलमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा ब्राइटनले लिभरपुललाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । त्यस्तै ड्यानी वेल्बेकले एक गर्न सफल भए । पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा तीन गोल गरेको हो ।

खेलको ४६ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । मार्चले खेलको ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारे ।

खेलको ८१ औं मिनेटमा वेल्बेकले गोल गर्दै ब्राइटनलाई ३–० को जित दिलाए । जितसँगै ब्राइटन १८ खेलमा ३० अंक जोडेर तालिकाको सातौं स्थानमा छ । पराजित लिभरपुल १८ खेलमा २८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्काे खेलमा नटिङघम फरेस्टले लेस्टर सिटीलाई २–० ले हराएको छ । त्यस्तै साउथह्याम्पटनले एभर्टनमाथि २–१ को जित निकाल्यो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर