नेभिगेसन मेनु

फुटबलर अन्जन र भारोत्तोलन खेलाडी कमल सम्मानित
सम्पादक:南亚网络电视
समय:2022-12-23 19:03

320917129_511615190938812_1969720752542066453_n1671791174

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन् ।

शुक्रबार काठमाडौंको आयोजित एक कार्यक्रममा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो । दुवै खेलाडीलाई मुख्य अतिथि नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले सम्मान गरेका थिए ।

सम्मानित दुवै खेलाडीले नगद जनही ५० हजार प्राप्त गरे । तत्कालीन शाही नेपाली सेनाका महासेनानी स्व। छत्रबहादुर थापाको स्मृतिमा चौथो पटक सम्मान कार्यक्रम आयोजना भएको हो । यसअघि नेपाली राष्ट्रिय टोलीका सदस्य नवयुग श्रेष्ठ छत्रबहादुर स्मृतिबाट सम्मानित भएका थिए ।

नेपाली राष्ट्रिय टोलीमा नियमित सदस्य अन्जनले हालसम्म ११ गोल गरिसकेका छन् । एन्फा एकेडेमीका अन्जनले बंगलादेशसँग असोजमा भएको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । १२औं दक्षिण एसियाली खेलकुद साग, बंगबन्धु कप र एएफसी सोलिडारिटी कप नेपालले जित्दा अन्जन मुख्य खेलाडी थिए ।

कमलले सन् २००६ कोलम्बोमा आयोजना भएको दशौं सागमा नेपाललाई स्वर्ण पदक जितेका थिए । त्रिभुवन आर्मी क्लबमा आबद्ध कमलले ५७ साल यता भारोत्तोलन खेलमा लगातार खेल्दै आएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर