नेभिगेसन मेनु

नेपाल ओलम्पिक छनोटको समूह ‘सी’ मा
सम्पादक:南亚网络电视
समय:2023-01-13 15:53

फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया क्षेत्रकाे छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ ।

एसियाली फुटबलको सर्वाेच्च निकाय एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘सी’ मा परेको हो ।

नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ । छनोटको समूह ‘ए’ मा उज्वेकिस्तान, जोर्डन, टिमोर लिस्टे र भुटान रहेका छन् । समूह ‘बी’ मा म्यानमार, इरान, बंगलादेश र माल्दिभ्स रहेका छन् । समूह ‘डी’ मा थाइल्यान्ड, मंगोलिया, सिंगापुर र श्रीलंका परेको छ ।

यस्तै समूह ‘ई’ मा फिलिपिन्स, हङकङ, ताजिकिस्तान र पाकिस्तान, समूह ‘एफ’ मा चाइनिज ताइपेई, इन्डोनेसिया र लेवनान र समूह ‘जी’ मा भारत, किर्गिस्तान र तुर्केमिनिस्तान रहेका छन् ।

पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ । पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् ।

यसअघि नेपालले टोकियो ओलम्पिक २०२० को छनोटमा दोस्रो चरणमा प्रवेश गरेको थियो । जुन नेपाली महिला फुटबलले पाएको सबैभन्दा ठुलो सफलता थियो । पहिलो चरणमा नेपालले म्यानमार, भारत र बंगलादेशसँग बराबरी खेल्दै उत्कृष्ट तेस्रो टोलीको रुपमा दोस्रो चरण पुग्न सफल भएको थियो ।

तर दोस्रो चरणमा नेपाल समूहमा तेस्रो भयो । दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई मात्रै पराजित गर्दा म्यानमार र भारतसँग पराजित भएर समुह ‘ए’ मा तेस्रो स्थानमा रहेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर