नेभिगेसन मेनु

नेपाल टी-२० : लुम्बिनीको लगातार दोस्रो जित
सम्पादक:南亚网络电视
समय:2022-12-25 15:38

320799395_538134271702019_2270850488454826070_n-e1671951664676

काठमाडौं । विराटनगर सुपर किङ्सलाई दुई रनले पराजित गर्दै नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनमा सीमित भयो ।

विराटनगरका हुसेन टलतले सबैभन्दा धेरै ३९ रनको योगदान गरे । उनले २४ बल खेल्दै ३ चौका र दुई छक्का प्रहार गरे ।

ओपनर अर्जुन साउद १० रन, रोहित पौडेल २५ रन, सिकन्दर राजा १७ रन पृथु बास्कोटा १८ रन बनाए आउट भए ।

कप्तान आन्द्रे माकार्थी ११ र विवेक यादव १२ रनमा अविजित रहे ।

लुम्बिनीको बलिङमा किसोर महत्तोले ४ ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए । प्याट ब्राउन, गुलसन झा, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीका ओपनर मिलान्थाले अविजित ८० रनको उत्कृष्ट इनिङ खेले । उनले ६३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

कुशल भुर्तेलले १७ बलमा २ चौका र १ छक्कासहित २६ रनको योगदान गरे । कप्तान दीपेन्द्रसिंह ऐरी १८ बलमा १६ रन जोडेर पभेलियन फर्किएका थिए ।

बिपुल शर्मा ११ रन बाहेक लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरको बलिङमा कप्तान आन्द्रे माकर्थी, सिकन्दर राजा, शाहब अलाम र हुसन टलतले समान एक विकेट लिए ।

लुम्बिनी अलस्टार्सले पहिलो खेलमा फार वेस्टर्न युनाइटेडलाई ६७ रनले हराएको थियो ।

आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सर जनकपुर रोेयल्स खेल्दैछन् ।

लुम्बिनीले अर्को खेलमा मङ्गलवार पोखरा एभेन्जर्ससँग खेल्नेछ । यस्तै, विराटनगरले सोमबार जनकपुर रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर