नेभिगेसन मेनु

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा
सम्पादक:南亚网络电视
समय:2026-11-17 18:46

chinese-kavre-1024x500

काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा लिइएको छ ।

चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा हानेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रबिन विष्टका अनुसार केही थान ल्यापटप र मोबाइल सहित ३६ चिनियाँ नागरिक नियन्त्रणमा लिइएको हो ।

‘छापा मार्ने क्रममा दुईओटा कोठा शंकास्पद देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँग थप अनुसन्धानात्मक टोलीहरू बोलाइएका छौं,’ डीएसपी विष्टले भने ।

३६ जनामध्ये ३१ जना पुरुष र ५ जना महिला चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्व अधिकृत सुनिता थापाले गरेकी थिइन् भने जिल्ला प्रहरी कार्यालयको नेतृत्व डीएसपी रविन विष्टले गरेका थिए ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पाँचखालमा मात्र नभई धुलिखेलको देवीथानमा रहेको गन्तव्य रिसोर्ट, पनौतीस्थित थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टलगायतका रिसोर्टहरूमा पनि चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी