नेभिगेसन मेनु

लैङ्गिक हिंसा अन्त्यका लागि १६ दिने अभियान सञ्चालन हुँदै
सम्पादक:南亚网络电视
समय:2026-11-17 16:28

parbatferi-photo-premraj-simkhada

 लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, पीडितको संरक्षण सुनिश्चित गर्ने तथा हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्दै न्यायमा पहुँच स्थापित गर्ने उद्देश्यसहित यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियान यस वर्ष सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० (२०८३ मंसिर ९ देखि २४ गते) सम्म सञ्चालन हुनेछ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा “महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट होऔँ: न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ, दण्डहीनताको अन्त्य गरौँ ” रहेको छ। 

त्यसैगरी, नेपालको राष्ट्रिय नारा “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” तय गरिएको छ।

अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र ऐक्यबद्धता अभिवृद्धि गर्दै पीडित तथा प्रभावितको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेको छ।

लैङ्गिक हिंसाको अन्त्यका लागि राज्यका निकाय, नागरिक समाज, समुदाय तथा सरोकारवाला सबै पक्षको साझा प्रयास, जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको सन्देश अभियानले प्रवाह गर्नेछ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी