नेभिगेसन मेनु

अर्घाखाँचीमा गोठमा आगलागी हुँदा एक महिला घाइते
सम्पादक:南亚网络电视
समय:2026-11-17 14:32

aglagi_arghakhachi

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ सल्लीकोटमा गोठमा आगलागी हुँदा एक महिला घाइते भएकी छन् ।

मंगलबार बिहान करिब ८ बजे स्थानीय ६३ वर्षीया टोमकला बस्यालको टिनले छाएको कच्ची गोठमा अचानक आगलागी भएको हो ।

आगलागीका बेला गोठमा बाँधिएको भैँसी फुकाउने क्रममा बस्यालको अनुहार र दायाँ हात जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक जीवन लामिछानेले बताए ।

घाइते बस्याललाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको थियो ।

सन्धिखर्कमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लामिछानेले जानकारी दिएका छन् ।  

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्घा तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।  

गोठमा लागेको आगो नियन्त्रणमा लिन दमकल, प्रहरी र स्थानीयवासी परिचालित भएका थिए ।

आगलागीको कारण खुल्न सकेको छैन भने गोठ तथा त्यहाँ रहेका सामग्रीमा भएको क्षतिको विवरणसमेत आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी