नेभिगेसन मेनु

आजदेखि कांग्रेसको अभियान
सम्पादक:南亚网络电视
समय:2026-11-17 13:59

nc

नेपाली कांग्रेसले पार्टीबाट टाढिएका मतदातासँग विश्वास पुनर्स्थापित गर्न, सङ्गठन सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि मङ्गलबारदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

सभापति गगनकुमार थापाको नेतृत्वमा सञ्चालन हुने एकमहिने अभियानमा वडा तहदेखि केन्द्रसम्मका झन्डै तीन लाख नेता/कार्यकर्ता परिचालित हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानको मुख्य उद्देश्य स्थानीय निर्वाचनको पूर्वतयारी, सङ्गठनलाई चलायमान बनाउने र पार्टीका नीति, धारणा तथा गतिविधि आमनागरिकसम्म पु¥याउनु रहेको छ ।

अभियानका क्रममा स्थानीय निर्वाचनमा उम्मेदवार छनोटका लागि अपनाइने प्राइमरी इलेक्सन प्रक्रिया, जिल्ला तथा प्रदेश तहमा पार्टीका अधिवेशन र साङ्गठनिक गतिविधिलाई समेत प्राथमिकता दिइने छ । महामन्त्री पौडेलले भन्नुभयो, “हामी अहिले प्रतिपक्षमा छौँ । राष्ट्रिय जिम्मेवारी पूरा गर्न हामी तयार र प्रतिबद्ध छौँ भन्ने सन्देश दिन पनि अभियान सञ्चालन गरिएको हो ।”

अभियानमार्फत विगतमा कांग्रेसलाई मतदान गर्दै आएका तर पछिल्लो समय पार्टीबाट टाढिएका मतदाताको गुनासो सुन्ने, उनीहरूका प्रश्नको जवाफ दिने र पुनः पार्टीसँग जोड्ने प्रयास गरिने उहाँले बताउनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी