नेभिगेसन मेनु

आईसीसी टी–ट्वान्टी विश्वकपः अमेरिकाको विजयी सुरुआत
सम्पादक:南亚网络电视
समय:2024-06-02 12:16

1717301197_america-1200x560

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले विजयी सुरुआत गरेको छ। आजबाट सुरु भएको विश्वकप क्रिकेटको पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराउँदै सानदानर जित निकालेको हो।

अमेरिकाको ग्रान्ड प्रेरी मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको क्यानडाले ५ विकेटको क्षतिमा १९४ रन बनायो। १९५ रनको लक्ष्यसहित मैदान उत्रेको अमेरिकाले शून्य रनमै पहिलो विकेट गुमाए पनि १७.४ ओभरमै जम्मा ३ विकेट गुमाएर जित हासिल गर्न सफल भयो।

अमेरिकाको जितका लागि आरोन जोन्सले नट आउट रहँदै सर्वाधिक ९४ रन बनाए भने एन्ड्रिज गुसले ६५ रन बनाए।

क्यानडाका निखिल दत्त, डिलोस हेलिगर र कलिम सानाले समान १/१ विकेट लिए।

त्यस अघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको क्यानडाले निर्धारित २० ओभरको खेलमा क्यानडाले जम्मा ५ विकेट गुमाएर १९४ रन बनायो।

क्यानडाका लागि नवनित धलीवालले सर्वाधिक ६१ रनको योगदान गरे भने निकोलस किरटनले ५१ रनको पारी खेले। यस्तै श्रेयस मोभाले ३२ रन जोड्दा आरोन जोनसनले २३ रन जोडे।

अमेरिकाका लागि खलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान १/१ विकेट लिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर