काठमाडौं । आइपिएलको लिगचरणबाट बाहिरिइसकेको मुम्बई इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ ।
शुक्रबार राति घरेलु मैदान वानखेडेमा भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो ।
यो हारसँगै मुम्बई अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ भने लखनउ छैटौं स्थानमा छ ।
खेलमा लखनउले २१५ रनको लक्ष्य दिएको थियो । सो रन पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । १८ रनले हारेको खेलमा ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
अन्य ब्याटरहरू डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन जोडे ।
लखनउका नवीन उल हक र रवि विश्नाइले दुई÷दुई तथा क्रुनाल पाण्ड्या र मोहसिन खानले एक÷एक विकेट लिए ।
यसअघि लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे ।
मुम्बइका लागि नुवान थुसारा र पियुष चावलाले समान तीन÷तीन विकेट लिए ।