नेभिगेसन मेनु

प्रिन्सलाई ओलम्पिकको राम्रो तयारी गर्न सुझाव
सम्पादक:南亚网络电视
समय:2024-05-14 12:10

pmk

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट हुनुभएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बाँकी सयम राम्रो तयारी गर्न सुझाव दिनुभएको छ ।

त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सोमबार प्रिन्सलाई भेट गरी घिसिङले सो सुझाव दिनुभएको हो । ‘‘अब वाइल्ड कार्डका लागि खेल्न नपरेपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता टुट्नु हुँदैन । आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सहभागिता जनाउन आवश्यक छ । जुनसकै प्रतियोगिता खेल्नु पनि हुँदैन । घिसिङले भन्नुभयो, ‘‘आफू भन्दा वरीयतामा माथि र बलिया खेलाडीसँग खल्ने वातावरण बनाउन सङ्घको समेत ध्यानकर्षण गराउन चाहन्छु । अझ ओलम्पिककै लागि छनोट भएका अन्य राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिलाउन आवश्यक छ  । तयारीका लागि खेलकुद परिषद्ले गर्ने सहयोगमा कुनै कमी हुने छैन ।’’ 

उहाँले प्रिन्सको ओलम्पिक तयारी र प्रशिक्षणका लागि विशेषज्ञ प्रशिक्षकलाई नेपालमा बोलाउने वा प्रिन्सलाई विदेशमा पठाउने के गर्दा उपयुक्त हुन्छ त्यसको समन्वय गर्न सङ्घलाई निर्देशन पनि दिनुभयो । 

घिसिङले वैदेशिक प्रशिक्षणमा जाँदा नेपाली प्रशिक्षकलाई पनि सँगै जाने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । प्रिन्सलाई खेलका लागि आवश्यक पर्ने खेल सामाग्री सोमबार नै राखेपले उपलब्ध गारएको छ ।

सो अवसरमा प्रिन्सले ओलम्पिकमा छनोट भएकोमा खुशी व्यक्त गर्दै आफुमाथि जिम्मेवारी थपिएको बताउनुभयो । प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुनुहुनेछ । 

उक्त अवसरमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको पनि उपस्थिति रहेको थियो । अध्यक्ष श्रेष्ठले प्रिन्सलाई वाइल्ड कार्ड दिलाउन सङ्घले धेरै मिहिनेत गरेको बताउनुभयो । प्रिन्स हाल विश्व वरीयतामा एक सय ७९औँ स्थानमा हुनुहुन्छ । जुनियर विश्व वरीयतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा ६ महिना शीर्ष स्थानमा रहनुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर