नेभिगेसन मेनु

इन्टर कलेज फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने
सम्पादक:南亚网络电视
समय:2024-05-08 12:52

PSN_and_Action_Sports_1HD_WkRgme2riA

काठमाडौं : अखिल नेपाल फुटबल संघको आयोजनामा वैशाख २६ गतेदेखि ९ गतेसम्म हुने इन्टर कलेज फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्स च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कको एक्सन स्पोर्ट्स एचडी वान च्यानलबाट गर्ने भएको हो।

उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानियाँ र डिस मिडिया नेटवर्कका तर्फबाट बिजनेस डेभलपमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका थिए।

प्रतियोगितामा प्लस टु र ब्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ। सहभागी टिमहरुलाई ४ समूहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरु खेलाइनेछ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर