नेभिगेसन मेनु

पहिलो खेलमा आयरल्यान्डसँग पराजित पाकिस्तानद्वारा दोस्रो खेलमा उत्कृष्ट पुनरागमन
सम्पादक:南亚网络电视
समय:2024-05-13 14:04

PAK-IRE_BbKCJ5E1Zs

काठमाडौं : आयरल्याण्ड भ्रमणमा रहेको पाकिस्तानी टोलीले दोस्रो टी२० खेलमा सात विकेटको जित निकालेको छ। जितसँगै तीन खेलको टी२० सिरिज १-१ को बराबरी भएको छ।

१९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १६.५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। पाकिस्तानका लागि मोहम्मद रिजवानले ७५ र आजम खानले ३० रनको अविजित पारी खेले।

त्यसबाहेक फखर जमानले ४० बलमा ७८ रनको तुफानी पारी खेले। कप्तान बाबर आजम ४ बलमा विना रन आउट हुँदा सइम अयूबले तीन बलमा ६ रन बनाए।

आयरल्यान्डका मार्क ऐडेयर, ग्रेम ह्यूम र बेन ह्वाइनले समान एक-एक विकेट लिए।

त्यसअघि आयरल्यान्डको डबलिनस्थित क्यासल ऐवन्यूमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९३ रन बनाएको थियो।

उसका लागि लोर्कान टकरले ५१ रनको अर्धशतकीय पारी खेले। ह्यारी टेक्टर ३२, कर्टिस क्यामफर २२, एन्डी ब्यालबर्नी १६, जर्ज डोकरेल १५, पर्ल स्टर्लिङ ११, मार्क ऐडेयर ९ रनमा आउट हुँदा ग्यारेथ डेनेली २८ र ग्रेम ह्यूम २ रनमा अविजित रहे।

पाकिस्तानका शाहीन शाह अफरिदीले तीन, अब्बास अफरिदीले दुई तथा मोहम्मद आमिर र नसीम शाहले एक-एक विकेट लिए।

यसअघि १० मेमा भएको पहिलो टी२० मा आयरल्यान्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। पाकिस्तानले दिएको १८२ रनको लक्ष्य आयरल्यान्डले १ बल बाँकी छँदा पाँच विकेट गुमाएर भेट्टाएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर