नेभिगेसन मेनु

कर्मचारीकाे विराेधमा वडाध्यक्षहरू आन्दोलित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-05 12:38

asdfgb

दमक, भदौ १९ गते । झापाको मेचीनगर नगरपालिकाका कर्मचारी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । वरीयताको विषयमा कर्मचारीहरूबिच विवाद हुँदा त्यसको असर वडाका योजनाहरूमा परेको र उपभोक्ता समितिहरू समेत प्रत्यक्ष मारमा पर्दा काम प्रभावित भएको भन्दै वडाध्यक्षसहितका जनप्रतिनिधिहरू आन्दोलनमा उत्रेको पाइएको हो । मेचीनगर वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं १० का वडा अध्यक्ष नारायण खनाल र वडा नं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले सोमबार अपराह्न नगरपालिकाको मुख्य प्रवेशद्वारमा नै पत्रकार सम्मेलन गरेर कर्मचारीहरूको कार्यशैलीको विरोध गर्दै पत्रकार सम्मेलन गरेपछि यो विषय बाहिरिएको हो ।

वडा नं. ४ का का वडाध्यक्ष अर्जुन कार्कीले जनताको काम रोकेकाले आफूहरू विरोधमा उत्रनुपरेको बताउनुभयो । हामीले दुई दिनभित्र कर्मचारीहरूलाई सच्चिन मौका दिएको र आफूहरूले उठाएको विषयहरूमा जवाफ मागेको जनाउँदै त्यो नभए थप सशक्त आन्दोलन गर्ने उहाँको भनाइ थियो । निर्वाचित जनप्रतिनिधिलाई नै असफल बनाउने गरी कर्मचारी लागेको उहाँको भनाइ  छ । चार महिना अघि नै प्रक्रिया पुगेर आएका कतिपय योजनाको भुक्तानी विना कारण नदिने र रोक्नुको कारणसमेत नभन्नु सरासर नाजायज हो, कार्कीले भन्नुभयो । यसबाट वडावासीहरू धेरै नै पीडित भएको उहाँको भनाई छ । ब्याक्तिको नभएर विधिको शासनको माग गरेका छौ, उहाँले भन्नुभयो । वडा नं १० का वडाध्यक्ष नारायण खनालले कर्मचारीका कारण नगरवासी र आफूहरूले धेरै दुख पाएको बताउनु भयो ।

नगरपालिका आउन समेत मन नलाग्ने अवस्था सिर्जना भएको छ, उहाँले भन्नुभयो । कर्मचारीको व्यवहार र अटेरीपनले नगरपालिका नै पस्न मन लाग्न छाडिसक्यो, उहाँले जनाउनुभयो । आफूहरू निर्णय गर्ने ठाउँमा रहेको र कर्मचारीलाई सुधार्न धेरै पटक निर्णय भए पनि सुधार नआएपछि आन्दोलनमा उत्रनुपर्ने अवस्था आएको वडा नं १३ का वडाध्यक्ष कृष्ण सिग्देलले जनाउनुभयो । हामीले बैठकमा धेरै पटक कुरा उठाएका छौ तर सुधार नआएपछि आन्दोलन बाहेक अरू विकल्प नै नरहने भयो, उहाँले भन्नुभयो । वडाध्यक्षसँगै नगरपालिका गेटमा पत्रकार सम्मेलनमा आउनुभएका देवीप्रसाद आचार्यले सब्जी खेतीका लागि आफूहरूलाई दिने भनेको रकम ५ महिना धाउँदासमेत नपाएको बताउनुभयो । यहाँ त कर्मचारीले हाम्रो कुरा नै सुन्दैनन् र वडाध्यक्षलाई गुहार माग्न जाँदा उनीहरूको पनि कुरा सुनुवाइ नहुँदो रहेछ, उहाँले भन्नुभयो ।

औषधि खरिद गर्दा ढिलाइ गरेको, कृषक समूहका लागि सम्झौता गरेर कार्यसम्पादन गरिसकेको योजनाको भुक्तानी रोकेको, विपत्र व्यवस्थापनका लागि आवश्यक तार जाली खरिद नगरेको, कर्मचारीको बखेडा झिकेर नगरको विकास निर्माणको काम रोकेर जनप्रतिनिधिलाई सास्ती दिएको   जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई आरोप लगाएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर