नेभिगेसन मेनु

पूर्वी नाका काँकडभिट्टामा सिसी क्यामेरा जडान
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2023-08-11 13:48

CC-camera-2

झापाको काँकडभिट्टामा सिसी क्यामेरा जडान गरिएको छ । नाकाको सुरक्षा र निगरानीका लागि सिसी क्यामेरा जडान गरिएको हो । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसी क्यामेरा जडानपछि गति मापनमा मद्दत पुग्नेछ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुई सिसी क्यामेरा जडान गरिएका छन् । 

सिसी क्यामेराको सवै गतिविधिको निगरानी इलाका प्रहरी कार्यालय काँकडभिट्टा कार्यालयले गर्नेछ । कोशी प्रदेश प्रहरी कार्यालयले काँकडभिट्टाका साथै विराटनगरमा समेत सिसी क्यामेरा जडान गरेको छ । दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक भारती बताउनुहुन्छ । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका काँकडभिट्टालाई सुरक्षित सहरका रूपमा विकसित गर्न हरेक चोक र सडकमा सिसी क्यामेरा जडान गर्ने कार्य थालिएको छ । मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा हालसम्म ४२ क्यामेरा विभिन्न स्थानमा जडान भइसकेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर