नेभिगेसन मेनु

मापदण्ड विपरीतका ‘कज-वे’ ले यातायातमा समस्या
सम्पादक:南亚网络电视
लेखक:गोर्खापत्र
समय:2023-08-12 12:45

fhadfh

धनकुटा क्षेत्रमा पर्ने राजमार्गहरूमा बनाइएका मापदण्ड विपरीतका 'कज-वे' ले यातायात सञ्चालनमा समस्या हुने गरेको छ । लामो दुरीमा चल्ने ठुला गाडीहरू 'कज वे' मा ठोक्किने गर्दा दुर्घटना समेत हुने गरेका छन् । 

धनकुटा हिलेदेखि काठमाडौँसम्म दैनिक रुटमा चल्ने करिब एक दर्जन बढी गाडी र पहाडी रुटमा चल्ने गाडीले यो समस्या भोग्नु परेको भन्दै तत्काल सडक कार्यालयले 'कज-वे' लाई व्यवस्थित बनाउन व्यवसायीहरूले माग गरेका छन् । 

काठमाडौँसम्मको छ सय किलोमिटर यात्रा गर्दा सबैभन्दा धेरै धनकुटा हिले खण्ड १२ किलोमिटर सडकमा भएको 'कज वे'ले समस्या गर्ने गरेको चण्डीका गाडीका चालक देवीप्रसाद दाहालले बताउनुभयो । पानी बगाउन बनाइएको कुलोलाई स्थानीयले 'कज वे' भन्ने गरिएको छ । यसले सवारी चलाउदा झन्झटिलो, अपठ्यारो र गाडीको तल्लो भाग ठोकिने गरेको दाहालले बताउनुभयो । 

सडक आसपासको नालीको पानी कटाउन सडक मुनी वाट कलभर्ट निर्माण गर्ने गरिन्छ । तर कोशी राजमार्ग अन्तगत धनकुटाको हिले देखि सङ्खुवासभाको टुटे सम्म नालीको पानी कटाउन ठाउँ ठाउँमा सडक नै होचो बनाइएको छ । तर त्यस्तो होचो स्थान सवारीसाधनको लागि समस्या बन्ने गरेको छ ।

उहाँका अनुसार धनकुटा हिले खण्डमा १० वटा 'कज वे' छन् । ती मध्ये अधिकांशमा समस्या हुन्छ कुनैमा यात्रु ओरालेर कुदाउनु पर्छ त कुनैमा त ओराले पनि गाडी ठोकिन्छ” । चालकहरू बत्ताउँछन् । धनकुटा देखि टुटे सम्मको करिब ६० किलोमिटरमा भने  दुई दर्जनको हाराहारीमा रहेका छन् ।

सडक डिभिजन कार्यालयले 'कज वे' हटाएर कलभर्ट निर्माण गर्न टेण्डरनै खुलाएको थियो । तर ठेक्का नलागेका कारण काम अघि बढ्न नसकेको तथा यो आर्थिक वर्षमा सो काम अघि बढाउने सडक डिभिजन कार्यालय धनकुटा प्रमुख कैलाश प्रसाद देवले बताउनुभयो । 

कोशी राजमार्ग अन्तरगत धरान धनकुटा खण्डको ५२ किलो मिटर सडक ब्रिटिस सरकारले २०३८ साल देखि २०४२ मा निर्माण गरी दिएको थियो । जहाँ सबै स्थानमा पानी कटाउन कलभर्ट निर्माण गरी सडक मुनिबाट पानी कटाइएको छ ।  तर त्यस पछि नेपाल सरकारले निर्माण गरेको धनकुटा हिले १२ किलो मिटर तथा हिले टुटे सम्मको करिब ५० किलो मिटर सडक भने नेपाल सरकारले निर्माण गरेको थियो । जहाँ सडक माथि वाटै पानी कटाउन 'कज वे' निर्माण गरेको थियो । जो अहिले सवारीसाधनको प्रमुख समस्या बन्ने गरेका छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर