नेभिगेसन मेनु

पहिरोले मेचीराजमार्ग अवरुद्ध
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2023-08-18 11:44

pahiro

ताप्लेजुङ,  भदौ १ गते ।  गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ ।

खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताउनुभयो । आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

“ठाउँ ठाउँमा पहिरो झरेको छ, बिहानैदेखि पन्छाउने कार्य भइरहेको छ, सम्भवत आजै यातायात सञ्चालनमा आउन सक्छ”, उप्रेतीले भन्नुभयो ।

सडक अवरुद्ध बनेपछि ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर