नेभिगेसन मेनु

सिद्धिचरण लोक मार्ग अवरुद्ध
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-25 12:12

Salyan-Sadak

ओखलढुङ्गा, भदौ ८ गते । केही दिनदेखिको निरन्तर भएको वर्षाकाकारण गएको पहिरोले सिद्धिचरण लोक मार्ग अवरुद्ध भएको छ । 

सिद्धिचरण लोक मार्गमा पर्ने माने भन्ज्याङ गाउँपालिका–४ भुसुनेमा सडकमा क्षति पुग्ने गरी गएको पहिरोले सडक अवरुद्ध बनाएको हो । शुक्रवार बिहान ६ः३० बजे गएको पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिनुभयो । 

सडक अवरुद्ध भएपछि ओखलढुङ्गा र सोलुखुम्बु बाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सयौँ सवारी ओखलढुङ्गाको मिलन चोक रमाईलोडाँडा र भुसुने क्षेत्रमै रोकिएका छन् । पहिरोले सडक अवरुद्ध भएको क्षेत्रमा अस्थायी प्रहरी पोस्ट केत्तुकेबाट प्रहरी टोली खटिएको र अवरुद्ध सडक खुलाउनेबारे स्थानीय तह सँग आवश्यक पहल भइरहेको प्रहरी निरीक्षक सिंहको भनाई छ । 

निरन्तरको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । 

 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर