नेभिगेसन मेनु

कोशी प्रदेशको कार्य व्यवस्था परामर्श समिति बैठक प्रभावित
सम्पादक:南亚网络电视
समय:2023-08-21 14:39

asdgbad

विराटनगर, भदौ ४ गते । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि उहाँले बिहान बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको छ । कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूबिचको अनौपचारिक छलफलले बैठक स्थगित गरी आजै मध्यान्ह सवा १२ बजे बैठक बस्ने सहमति गरेको थियो । 

बैठकको अध्यक्षता गर्नुपर्ने उपसभामुखले आज र तत्कालका बैठकहरूमा उपस्थित हुन नसक्ने जानकारी प्रदेशसभा सचिवालयलाई गराउँदै आगामी बैठक इस्राईल मन्सुरले अध्यक्षता गर्ने जिम्मेवारीसमेत तोकेर पत्र दर्ता गराउनु भएकोले दलहरूबिच मन्सुरको उपस्थितिमा कार्यव्यवस्था परामर्श समितिको बैठक गर्ने सहमति बनेको छ । 

आज कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर बैठकको अध्यक्षता गर्ने जिम्मेवारीमा रहनुभएकी उपसभामुखले स्वास्थ्य समस्या देखाउँदै अनुपस्थित हुने सूचना दिएपछि बैठक अनिश्चित बनेको हो । उपसभामुखले बैठक सञ्चालन गर्ने जिम्मेवारी दिनुभएका सांसद मन्सुरको अध्यक्षतामा बैठक बस्दा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था भएका कारण दिउँसो १ बजेका लागि बोलाइएको बैठक के गर्ने भन्ने विषयमा दिउँसो बस्ने परामर्श समितिको बैठकले निर्णय गर्नेछ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर