नेभिगेसन मेनु

मर्मतसम्भार नहुँदा शिक्षालय जीर्ण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-23 11:50

Untitled-1 (1)

धनकुटा, भदौ ६ गते । विसं २०४० सालमा ८६५ रोपनीमा स्थापित धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय मर्मतसम्भारको बजेट अभावमा जीर्ण बन्दै गएको छ । यस शिक्षालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डिप्लोमा र १८ महिने प्रिडिप्लोमा अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने यो विद्यालय क्षेत्र कुनै बेला पर्यटकीय क्षेत्रका रूपमा चिनिन्थ्यो । 

अहिले यहाँ निर्मित ४७ भवन जीर्ण देखिन थालेका छन् भने वरिपरिको वातावरण तथा रमणीय चिया बगान, माछा पोखरीलगायतका स्थल जङ्गल बनेका छन् । निर्माण गरिएका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब चार करोड रुपियाँ जति खर्च लाग्ने भएका छ । हाल अन्य शीर्षकमा आएको रकमबाट मिलाएर शिक्षालय सञ्चालन गरिरहेको विद्यालयको मर्मतसम्भारका लागि नेपाल सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको हो । “भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ,” कोइरालाले भन्नुभयो, “लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा कोही बेला प्रयोगात्मक परीक्षा नै रोकिन्छ ।”

वार्षिक १६० विद्यार्थी भर्ना लिने यस शिक्षालयमा हाल ३२० विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त देशभरिका ६५ आङ्गिक शिक्षालयमा कोशी प्रदेश अन्तर्गत रहेका सात वटामध्ये यो धनकुटाको एक मात्र पुरानो शिक्षालय हो । पछिल्लो समय स्थानीय तहमा नै प्राविधिक शिक्षा सञ्चालनमा आउन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको कमी आएकाले यसलाई बचाउन चुनौती थपिएको थियो । यतिबेला भने विद्यार्थीको चाप बढेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर