नेभिगेसन मेनु

खराब ब्याटिङको निरन्तरता
सम्पादक:南亚网络电视
लेखक:नागरिक दैनिक
समय:2023-08-24 12:16

1692845308_batting-1200x560

महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर नजिकिँदै गर्दा नेपालको खराब ब्याटिङले निरन्तरता पाएको छ।

यसै अगस्टको ३१ तारिखदेखि मलेसियामा सुरु हुने छनोटको तयारीका लागि नेपालले चारदेशीय शृंखला खेल्दै छ। शृंखलाको पहिलो खेलमा हङकङमाथि जित निकाल्दा नेपाली महिला टोलीले मध्यम ब्याटिङ गरेको थियो।  

तर, दोस्रो खेलमा भने कमजोर मानिएको कुवेतविरुद्ध नेपाली ब्याटरले बिर्सनलायक प्रदर्शन गरे। यद्यपि, इन्दु बर्माको अलराउन्ड प्रदर्शनमा नेपालले दोस्रो जित भने निकाल्यो। सुरुआतदेखि नै धराशयी बनेको नेपालको ब्याटिङमा इन्दुले सर्वाधिक २३ रनको योगदान दिइन्। बलिङतर्पm पनि इन्दुले सर्वाधिक तीन विकेट लिइन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुआत गर्यो। खाता नखोल्दै नेपालले ओपनर पूजा महतोलाई गुमाउन पुग्यो। थप ६ रन जोडेपछि अघिल्लो खेलमा समालिएर खेलेकी सम्झनाकुमारी खड्का पनि आउट भइन्। सुरुदेखि नै सुस्त ब्याटिङ गरेको नेपाल दुई विकेट पतनसँगै थप दबाबमा पर्यो। तर, एक छेउबाट विन्दु रावलले इनिङ समाल्ने प्रयास गरिन्। उनी पनि २० रनमा चौथो विकेटका रूपमा पवेलियन फर्किइन्। नेपालले अनुभवी ब्याटर सीता रानामगर र रुबिना क्षेत्रीको पनि साथ पाउन सकेन।  

तथापि, इन्दुले समालिएर ब्याटिङ गरिन्। उनी नेपालको आठौं विकेटका रूपमा आउट हुन पुगिन्। त्यसअघि उनले १९ बलमा दुई चौका हिर्काइन्। एक समय नेपालकी ओपनर काजोल श्रेष्ठ नवौं नम्बरमा आई ब्याटिङ गर्दै १९ रनमा नटआउट रहिन्। त्यसअघि कविता जोशी  

२ रनमा आउट हुँदा कविता कुँवरले खाता खोल्न सकिनन्। पूरै २० ओभर खेलेको नेपालले ८ विकेटको क्षतिमा ८९ रनको सामान्य योगफल बनायो। तर, इन्दुसहित नेपाली बलर चम्किएपछि कुवेतले सामान्य लक्ष्य भेटाउन सकेन। निर्धारित ओभर खेल्दै कुवेतले ८ विकेटको क्षतिमा ५५ रन मात्र बनाउन सक्यो।

६ रनमा पहिलो विकेट गुमाएको कुवेत समालिने प्रयास गरे पनि सफल हुन सकेन। जिफा जिलानीले ११ रन र खादिज खालिलले १० रनबाहेक कुवेतका कुनै पनि ब्याटरले दोहोरो अंक रन जोड्न सकेन। इन्दुले चार ओभरमा तीन विकेट लिँदा १५ रन मात्र खर्चिइन्। खुसी डंगोलले दुई तथा कविता कुँवर, सीता रानामगर र ईश्वरी विष्टले समान एक विकेट लिँदै कुवेतको इनिङ सस्तैमा रोके। यससँगै कुवेतले दोस्रो हार बेहोर्यो। दुई खेलमा शतप्रतिशत जित निकाल्दै नेपाल शृखंलाको फाइनलनजिक पुगेको छ।

भारतीय प्रशिक्षक देविका पल्सिकरलाई भित्र्याए पनि विश्वकप छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्य राखेको नेपालको ब्याटिङमा भने सुधार देखिएको छैन।

तर, विश्वकप छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्य राखेको नेपालको ब्याटिङमा भने सुधार देखिएको छैन। ब्याटिङमा सुधार गर्ने लक्ष्यसहित नेपाल क्रिकेट संघले भारतीय प्रशिक्षक देविका पल्सिकरलाई भित्र्याएको थियो। उनी नेपालको महिला क्रिकेटको पहिलो विदेशी प्रशिक्षक हुन्। आगामी अगस्ट ३१ देखि आइसिसी महिला  

ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर मलेसियामा नै सुरु हुँदै छ। यो चरणबाट दुई राष्ट्रले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ। एसिया क्वालिफायरमा विश्वकप खेलिसकेको थाइल्यान्डसहित पछिल्ला समय राम्रो प्रदर्शन गरिरहेका संयुक्त अरब इमिरेट्स (युएई), कतार र हङकङ छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर