नेभिगेसन मेनु

माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाउनेको संख्या २ पुग्यो, ६ जना घाइते
सम्पादक:南亚网络电视
समय:2025-10-12 12:07

 

 1000363647_ZVPyTcFg9M

रौतहट। बाराको सिम्रौनगढ नगरपालिका–६ पानी ट्यांकी नजिक माटोको ढिस्कोले पुरिँदा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यस घटनामा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार आज बिहान करिब ८ः५० बजे घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा इशरा पोखरीको डिलमा माटोको ढिस्को खसेको थियो। घटनास्थलमा तत्कालै इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाइको कमान्डमा १४ जना प्रहरी र सशस्त्र प्रहरी बल सिम्रौनगढ बारा बेशबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ७ जना प्रहरी टोली खटिएका थिए।

प्रहरीका अनुसार ढिस्कोमा पुरिएका छ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। तर उद्धारपछि दुईजनाको भने मृत्यु भएको हो ।

सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल निवासी ७० वर्षीय शारदा देवी महतो, जसको उपचारका लागि कलैया प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता पण्डितले बताए। त्यस्तै सिम्रौनगढ ५ सानो इटवाल निवासी १५ वर्षका सुनिल महतोलाई कलैया मेट्रो अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेका छन्।

१४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीय रानी कुमारी महतो, १४ वर्षीय सुशीला कुमारी महतो र १५ वर्षीय राजा बाबु शर्मा घाइते भएका छन् ।

घाइतेहरूको सिम्रौनगढ कंकाली अस्पताल, धर्मनगर अस्पताल र कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयहरूका अनुसार सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ छठ पर्वका तयारीका लागि माटो खन्ने क्रममा यो दुर्घटना भएको हो। प्रहरीका अनुसार थप जानकारी सङ्कलन तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर