नेभिगेसन मेनु

नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट बाँदरले लगेपछि...
सम्पादक:南亚网络电视
समय:2025-10-13 12:24

 

 tourist_kNJdvqb5Mg

पाेखरा। अष्ट्रेलियाबाट नेपाल घुम्न आएका एक जना पर्यटकको पासपोर्ट बाँदरले लगेको छ ।

पर्वतको बन्जी जम्प नजिकबाट गाडीको छतमा रहेको पासपोर्ट बाँदरले लिएर भिरतिर भागेको पर्यटकले बताए । अष्ट्रेलियन नागरिकसहित नेपालकै अर्का एक पर्यटकको पनि सोही झोलामा रहेको पासपोर्ट बाँदरले लगेको छ ।

पासपोर्ट बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको पर्वत प्रहरी प्रमुख डीएसपी विजय यादवले जानकारी दिए । 

उनका अनुसार शनिबार र आइतबार खोजी गर्दा पनि भेटिएको छैन । ‘हिजो उहाँहरू मुक्तिनाथ जान निस्किनुभएको रहेछ गाडीमा । कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ,’ उनले भने, ‘फर्किँदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराउनुभएको छ ।’

खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । ‘हिजो सई सावको नेतृत्वमा ७ जना पठाएका थियौँ । आज सशस्त्र पनि जानुभयो,’ यादवले भने, ‘तर भेटिएको छैन । जङ्गलतिर होला भनेर खोजिएको हो । भीरहरू छ, छिर्नै गाह्रो छ ।’ 

उक्त पासपोर्टसहितको झोला नभेटिएपछि उनीहरुले प्रहरीमा निवेदन समेत दर्ता गरेका छन् । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ‘खोज्नका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ । यदि पाइएन भने नयाँ प्रक्रियाबाट पासपोर्ट लिनुपर्छ,’ डीएसपी यादवले भने ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर