नेभिगेसन मेनु

जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
सम्पादक:南亚网络电视
समय:2025-10-12 12:04

 

 upendra-yadav_aejF4w85qv

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ । पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आएको जसपा नेपालले कोशी प्रदेशको अधिवेशनलाई प्रदेश नं १ समितिको अधिवेशन भनेको छ ।

विराटनगरस्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रदेश समितिले उद्घाटन सत्र र खुला सत्रका लागि असोज २६ र २७ गतेको कार्यतालिका बनाएको छ ।

त्यसैगरी जसपा नेपालको भोलि (सोमबार) देखि मधेस प्रदेश समितिको अधिवेशन सुरु हुनेछ । जनकपुरधाममा हुन लागेको अधिवेशनको उद्घाटन अध्यक्ष उपेन्द्र यादवले गर्ने पार्टी प्रचार विभागले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर