नेभिगेसन मेनु

चुलु फार इस्ट हिमालमा फहरायो सशस्त्रको झण्डा
सम्पादक:南亚网络电视
समय:2025-10-13 12:59

 

 army-

काठमाडौँ, असोज २७ गते । सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीहरूले दामोदर हिमश्रृङ्खला अन्तर्गत पर्ने चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका छन्। असोज २५ गते बिहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराइएका हो।

सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, पर्वतीय उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिवृद्धि हुन्छ भन्ने विश्वासका साथ गरिएको आरोहणले पर्यटन प्रवर्धनमा कोशेढुङ्गासमेत सावित हुने तथा पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालन भइरहेको पर्वतीय उद्धार तालिमका लागि आवश्यक पर्ने प्रशिक्षकहरूको उत्पादनमा समेत ठुलो भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । 

केही समय अगाडि सशस्त्र प्रहरी बल, नेपालले चुलु फार इस्ट हिमाल आरोहण गर्न अनुमति खुला गर्ने प्रक्रियामा पहल गरेको थियो । त्यसको फलस्वरूप सशस्त्र प्रहरी बल, नेपाललाई आरोहण गर्ने अवसर मिलेको हो । यसभन्दा अघि चुलु इस्ट हिमालको अनुमति लिएर चुलु फार इस्ट हिमालको आरोहण गर्ने प्रचलन थियो । सशस्त्र प्रहरी बल, नेपालको यस आरोहणपश्चात चुलु फार इस्ट हिमाल आरोहण गर्ने कानुनी हिसाबमा वैधानिकतासमेत प्राप्त गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेलसहित सात जना, निम तेम्वा शेर्पा र सुम्बा छिरी शेर्पाको गाइडलाइन्समा फोर्टिन, पिक्स एक्सपिडिसन मार्फत उक्त हिमाल आरोहण गर्नु भएको हो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर