नेभिगेसन मेनु

मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता
सम्पादक:南亚网络电视
समय:2025-10-14 11:53

 

 capture_bvnh7oum5a_jW02clIWpB

मेक्सिको सिटी । मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइरहेका छन् । मेक्सिकोको नागरिक सुरक्षा अधिकारीहरूका प्रमुख लौरा वेलाज्क्वेजले बाढीले प्रायः भेराक्रुज, हिडाल्गो र पुएब्ला राज्यमा बढी क्षति पुर्याएको बताए ।

मृत्यु हुनेको सङ्ख्या १२ घण्टाअघिको सङ्ख्याभन्दा १७ प्रतिशतले वृद्धि भएको र यसले प्रकोपको अझै पनि बढ्दो परिमाणलाई सङ्केत गर्दछ। बाढीले पूरै गाउँमा नदीहरू पसेकोे, ठाउँ ठाउँमा साना ठूला पहिरो निम्त्याएको र सडक तथा पुलहरू बगाएको छ। 

राष्ट्रपति क्लाउडिया शेनबामले उद्धार प्रयासमा सहयोगका लागि हजारौं सैनिकका साथै डुङ्गा, विमान र हेलिकप्टर परिचालन गरिएको बताएकी छन् ।

उनले भनिन्, ‘प्रभावित क्षेत्रमा १० हजारभन्दा बढी सैनिकहरू तैनाथ हुनेछन् सेनाले उद्धार उपकरण र सवारी साधनहरूको सहयोगमा प्रभावित क्षेत्रमा सहायता वितरण गर्न मद्दत गर्नेछ।’

घरबाट विस्थापित भएकाहरूका लागि दर्जनौँ आश्रयस्थलमा राखिएको छ ।  मेक्सिकोमा सन् २०२५ भरि विशेष गरी भारी वर्षा भएको छ भने राजधानी मेक्सिको सिटीमा वर्षाको उच्च रेकर्ड कायम भएको छ। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर