एस ए टिभी, भदौ १६ काठमाडौँ : नेपाल वायुसेवा निगमले आगामी सेप्टेम्बर २५, २०२५ देखि काठमाडौंबाट चीनको ग्वाङ्जाउसम्म सिधा उडान शुरु गर्ने भएको छ।
राष्ट्रिय ध्वजावाहक संस्थाले सुरुवाती चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौ) र ग्वाङ्जाउ बाईयुन अन्तर्राष्ट्रिय विमानस्थलबीच प्रमोशनल उडान संचालन गर्ने घोषणा गरेको हो।
नयाँ गन्तव्यले नेपाल र चीनको दक्षिणी क्षेत्रबीचको आवागमन थप सहज बनाउने तथा पर्यटन र व्यापार दुवै क्षेत्रमा योगदान गर्ने अपेक्षा गरिएको छ।
यात्रुहरूलाई आफ्नो अधिकृत वेबसाइटमार्फत टिकट बुकिङ गर्न नेपाल वायुसेवाले आग्रह गरेको छ।