नेभिगेसन मेनु

गुडिरहेको गाडीकै सिटमा मृत भेटिए युवक
सम्पादक:南亚网络电视
समय:2025-10-09 13:36

 

 jumla-fixed1

 

सुर्खेत । मुगुबाट नेपालगन्ज आउँदै गरेको एक गाडीमा २२ वर्षीय युवक मृत फेला परेका छन् । यो घटना गएराति भएको हो ।

‎‎मृतक जुम्लाको हिमा गाउँपालिका–१, निवासी गणेश रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । ‎रावत मुगुबाट सोही गाडीमा चढेर जुम्ला आउँदै थिए।

‎‎प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार, रावत ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडीमा सुतेका थिए । ‎जुम्ला आइपुगेपछि अन्य यात्रुले उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका थिए। 

‎‎गाडीमा सवार अन्य यात्रुहरूले सुतिरहेको बाहेक कुनै असामान्य गतिविधि नदेखेको बताएका छन्। ‎परिवारका सदस्यले गणेश रावतलाई खासै गम्भीर बिरामी नभएको तर कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेको बताए ।

‎‎‎अहिले उनको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर