नेभिगेसन मेनु

विपिन जोशीको मृत्यु भएको हमासद्वारा पुष्टि
सम्पादक:南亚网络电视
समय:2025-10-14 12:08

 

 bipin_mRhXMhucYB (2)

गाजा । हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । 

एक विज्ञप्ति जारी गर्दै हमासको सशस्त्र शाख कसम ब्रिगेड्सले मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको रूपमा पहिचान गरेको हो छ । अल-कसम ब्रिगेड्सले आज (सोमबार) चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ ।

विज्ञप्तिमा उनीहरूको शव आजै हस्तान्तरण गरिने उल्लेख छ । यो घटना इजरायल र हमासबिचको सम्झौताको एक भागको रूपमा भएको भनिएको छ । जसअनुसार इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । 

यसअघि हमासले गाजामा रहेका सबै २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको छ । तर, अझै पनि केही मृत इजरायली बन्दीका अवशेषहरू हमासको नियन्त्रणमा रहेको बताइएको छ ।

इजरायली अधिकारीहरूले यो सम्झौताअन्तर्गत हमासले फेला परेका मृतक बन्दीका शवहरू फिर्ता गर्नुपर्ने बताएका थिए । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर