काठमाडौँ- सुनको मूल्य तोलाको २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ । आज तोलामा ८ हजार १०० रुपैयाँ बढेर २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ ।