नेभिगेसन मेनु

भेरीनदीमा टिप्पर खस्दा तीन जना बेपत्ता
सम्पादक:南亚网络电视
समय:2025-07-23 13:56


bheri

एस् ए टी भी ०७ साउन २०८२, काठमाडौंः रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित ठुलीभेरी नदीमा टिप्पर खसेको छ । मङ्गलबार बेलुका भेरी करिडोरअन्तर्गतको सडकखण्डबाट भेरीनदिमा टिप्पर खस्दा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आठबिसकोट नगरपालिका–११ चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ आँउदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर ठुलीभेरी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरु टिप्पर चालक दाङ जिल्ला निवासी ३५ वर्षीय चालक मनिराम चौधरी, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ३ निवासी यति बिल्डर्सका जेसिबी चालक धनबिर बराईली र यति बिल्डर्सको जेसिबीका एक जना हेल्पर रहेका छन् । उहाँको पहिचान खुलेको छैन ।

उक्त टिप्पर सडकदेखि करिब दुई सय मिटर तल भेरी नदिमा खसेको प्रहरीको भनाइ रहेको छ । बेपत्ताको खोजी भइरहेको बताइएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर