नेभिगेसन मेनु

साफ यू-१७ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ४-० ले पराजित
सम्पादक:南亚网络电视
समय:2025-09-19 13:24

 

 549621508_768177419300051_7103052503574079467_n

२ असोज, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० ले पराजित भएको छ ।

बिहीबार कोलोम्बो रेसर्कोर्समा भएको समूह ए को खेलमा पराजित भएपछि नेपालले सेमिफाइनल पुग्न अन्तिम खेलको नतिजा पर्खनुपर्ने भएको छ ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो । समूह ए मा बंगलादेश र नेपालको समान ३ अंक छ । तर नेपालले दुवै खेल खेलिसकेको छ भने बंगलादेशले श्रीलंकासँग खेल्न बाँकी छ ।

आजको खेलमा बंगलादेशसँग बराबरी मात्र खेलेको भए नेपाल सेमिफाइनल पुग्ने थियो भने जितले नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्ने थियो । तर नतिजा नेपालको पक्षमा रहेन । बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै नेपालमाथि दबाब राख्यो । पहिलो हाफमा एक गोल मात्र गरेको बंगलादेशले नेपाल विरुद्ध दोस्रो हाफमा तीन गोल थपेको हो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर