जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनमा मृत्युवरण गर्ने सम्पूर्ण आत्माको चीरशान्तिको कामना गर्दै जनकपुरधाममा शान्ति र्याली सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशको आयोजनामा बुधबार भएको र्याली रामानन्द चोकबाट सुरु भई जनक चोकमा कोणसभासहित सम्पन्न भएको हो । र्यालीमा मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण तथा सम्मान गर्नुपर्ने माग राखिएको थियो ।
कोणसभामा आयोगका प्रतिनिधिहरूले आन्दोलनका क्रममा भएका मृत्यु र क्षतिप्रति दुःख व्यक्त गर्दै मानव अधिकारको संवर्द्धनमा सबैलाई एकजुट हुन आह्वान गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका विभिन्न पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।