नेभिगेसन मेनु

लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा चीन अध्ययनका लागि विद्यार्थीहरूको विशेष बिदाइ कार्यक्रम सम्पन्न
सम्पादक:南亚网络电视
समय:2025-09-20 13:13

 

 IMG_5654

एस् ए टी भी ०४ असोज, काठमाडौँः लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा चीन अध्ययनका लागि जाने विद्यार्थीहरूलाई बिदाइ गर्न विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम चाइनिज लर्निङ एन्ड टेस्टिङ सेन्टरको आयोजनामा सम्पन्न भएको हो भने ADO Transport यस कार्यक्रमको प्रायोजक रहेको थियो।

IMG_5508

 प्रमुख अतिथि छोजे लामा रिम्पोछे (अध्यक्ष तथा प्रमुख, दाङ्गु गुम्बा) ले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए भने विशेष अतिथिका रुपमा खेन्पो फुर्बा शेर्पा, आचार्य पासाङ वाङ्दी, र डा. कुमार खड्का (निर्देशक, लुम्बिनी बौद्ध विश्वविद्यालय) , सुशिल महर्जन (चिनियाँ भाषा शिक्षक), सुधीर शाक्य (चिनियाँ भाषा शिक्षक), सृष्टि काफ्ले (समाचारकर्मी), रमिला गौतम (समाचारकर्मी) लगायत अन्य अतिथि पनि उपस्थित थिए।

IMG_5640

अदक्ष्य आङ छिरी शेर्पाले मन्तव्य राख्दै भने, “मैले आफैं पढेको विद्यालयका विद्यार्थीहरू आज यसरी चिनियाँ भाषा सिकेर चीनमा अध्ययन गर्न पठाउनु पाउदा एकदमै खुसीको लागि रहेको छ । यसबाट उनीहरूको उज्ज्वल भविष्यको ढोका खुल्नेछ भन्नेमा म विश्वस्त छु।” उनले विद्यार्थीहरूलाई मेहनत, लगनशीलता र संस्कृतिको सम्मान गर्दै अघि बढ्न आग्रह गर्दै, चीनमा अध्ययनको अवसरलाई जीवनपरिवर्तनकारी बनाउन शुभकामना व्यक्त गरे।

त्यस्तै, अन्य अतिथिहरूले पनि चीनमा अध्ययनका क्रममा भाषा, संस्कृति र ज्ञान आर्जन गरी देशलाई योगदान दिन सकून् भन्ने अपेक्षा व्यक्त गरे। सहभागीहरूले विद्यार्थीहरूको आत्मविश्वास र प्रेरणामा यस कार्यक्रमले थप बल पुर्‍याएको बताएका थिए।

विद्यार्थीहरू सबै सिन्धुपाल्चोक जिल्लास्थित झिल्पो विद्यालयका हुन्, जुन जिल्लाको पहिलो चिनियाँ भाषा पढाइ हुने विद्यालयको रूपमा परिचित छ। उनीहरूलाई चीनमा एक वर्षका लागि पठाइने भएको हो।

IMG_5556

IMG_5550

यस अवसरमा प्रायोजक ADO Transport तर्फबाट आठ जना विद्यार्थीहरूलाई जनही १०,००० रुपैयाँ बाटो खर्चसहित शुभकामना दिइएको थियो भने विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता अवसरहरू आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Image_20250920105356_589_6

IMG_5634

IMG_5604

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर