काठमाडौँ । पहिलो चरणमा सात जना बन्धकहरूलाई गाजामा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) लाई हस्तान्तरण गरिएको इजरायली सञ्चार माध्यमले बताएको छ ।
यो खबर आईसीआरसी वा इजरायली सेनाबाट पुष्टि हुन बाँकी छ । सङ्कलन केन्द्रमा पहिलो ब्याचमा ७ जना बन्धकहरू प्राप्त गरिएको आइसीआरसीले भनेको छ ।
बन्धकहरूको सम्मान र उनीहरू रिहाइ भएको अवस्था अनि उनीहरूको सुरक्षासँग सम्बन्धित मुद्दाहरूको सम्मान गर्दै अपरेसनको क्रममा रिहा गरिएका बन्धक वा बन्दीहरूको फुटेज उपलब्ध नगराइने आईसीआरसीले भनेको छ ।